बुटवल । बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित ‘बाआमासँग नगर प्रमुख’ निःशुल्क स्वास्थ्य जाँच तथा उपचार शिविरमा प्रतिकूल मौसमका बाबजुद नागरिकको उल्लेखनीय सहभागिता देखिएको छ । आइतबार बुटवल उपमहानगरपालिका-६ र ७ मा सञ्चालन गरिएको शिविरमा जेष्ठ नागरिकसहित सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको हो । चिसो मौसमका कारण दैनिक जनजीवन प्रभावित भइरहे पनि स्वास्थ्य जाँचका लागि स्थानीयवासी बिहानैदेखि शिविरस्थलमा पुगेका…