गण्डकी । गायिका समीक्षा अधिकारी शनिबार साँझ बागलुङ महोत्सवमा गुञ्जिईन । पुसको जाडोमा पनि उनको प्रस्तुतिले माहोल केहीबेर ततायो । अधिकारीका चर्चित गीतमा दर्शक झुमे । उनीसगै स्वरमा स्वर मिलाए । ‘मुटुमै बसेछ...’ गीतसँगै मञ्च उक्लिएकी अधिकारीले ‘हावा चिसोचिसो...’ बाट आफ्नो प्रस्तुतिलाई बिट मारिन । अधिकारीले ‘शिरमा शिरबन्दी...’, ‘दुश्मन हेरेको हेरै...’, ‘बुझिन मैले...’, ‘सूर्ति माड्दामाडदै...’,…