काठमाडौं । नेकपा (एमाले) अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको आन्दोलनमा घुसपैठकारीले उत्पात मच्चाएको आरोप लगाएका छन् । जेनजी आन्दोलनको बलमा १० दिनअघि सत्ताच्यूत भएका ओलीले सैनिक सुरक्षा घेराबाट बाहिरआएपछि पहिलोपटक औपचारिक सन्देश जारी गर्दै ओलीले आफ्नो धारणा राखेका हुन् । संविधान दिवसको अवसरमा जारी सन्देशमा ओलीले शान्तिपूर्ण भनिएको प्रदर्शनमा भएको हिंसाप्रति दुःख…