बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको घुँइचो बढेको छ । पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलमा आयोजना भएको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको प्रदर्शनीभित्र करिब ४० प्रतिशत महिला उद्यमीहरुका स्टल रहेका छन् । प्रदर्शनीको सुरुवाती चरणबाटै ती स्टलहरुमा अवलोकनकर्ताले बढी चासो राखेका छन् । संघका उपाध्यक्ष…