बुटवल । लोक तथा दोहोरी गीतप्रतिको महत्व र गरिमालाई कायम राख्नका लागि चिन्तन गर्नुपर्ने बेला आएको यस क्षेत्रमा आवद्ध कलाकार तथा सर्जकहरुले जोड दिएका छन् । लोक संस्कृतिको माध्यमबाट समाजलाई दिने सन्देश र नयाँ पुस्तालाई यसको महत्व कायम राख्दै संस्कृति हस्तान्तरण गर्नका लागि सबैले सचेत र गम्भीर भएर सोच्नु पर्ने बेला आएको उनीहरुले बताएका छन्…