नेपालगन्ज । जेन-जी सर्मथकको प्रर्दशनका क्रममा नेपालगन्जमा पुष्पलाल चोक स्थित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता स्वर्गिय पुष्पलाल श्रेष्ठको शालिक प्रदर्शनकारीले भत्काइदिएका छन् । प्रर्दशनकारीले स्थानीय पुष्पलाल चोकमा रहेको उक्त शालिक तोडफोड गरेर भत्काएका हुन् । प्रदर्शनकारीले पुष्पलाल चोक छेउमा रहेको प्रहरीको बिटमा पनि आगजनी गरेका छन् । यसअघि प्रदर्शनकारीले नेपालगन्ज स्थित कांग्रेस र उमालेको जिल्ला…