१८ भदौ २०८३, बिहिबार | September 3, 2026

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षका निर्माण आयोजनाको काम द्रुत गतिमा अघि बढाउन र कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले आज मातहतका निकायलाई निर्देशन जारी गर्दै निर्माण कार्यमा ढिलाइ हुने प्रवृत्तिको अन्त्य, नियमित अनुगमन तथा प्रगति प्रतिवेदन अनिवार्य रूपमा पेस गर्न…