सिन्ह्वा । संयुक्त राष्ट्रसङ्घले सुडानका कम्तीमा पनि ४० लाख बालबालिकामा कुपोषणको समस्या रहेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय एक प्रतिवेदनमा सुडानका महिला र बालबालिका गरी कम्तीमा पनि ४० लाखमा यस्तो समस्या रहेको पाइएको बताइएको छ । सो प्रतिवेदनमा सन् २०२३ सम्ममा सुडानका पाँच वर्ष मुनिका बालबालिका र गर्भवतीमा यस्तो समस्या रहेको र उनीहरुलाई सहयोगको आवश्यकता…