८ चैत्र २०८२, आइतबार | March 22, 2026

आयल निगमको सूचनापछि ग्यासको अनावश्यक भण्डारण बढ्यो, ग्यास डिपोमा ग्राहकको घुँइचो

नेपालगन्ज । नेपाल आयल निगमले मध्यपूर्वको तनावको कारण देखाउँदै पेट्रोलियम पदार्थको प्रयोग र वितरणमा सुरक्षात्मक व्यवस्था गर्ने सूचना प्रकाशित गरेसँगै बजारमा उपभोक्ताहरुले आवश्यकता भन्दा बढी खाना पकाउने ग्यास र पेट्रोलयम पदार्थको भण्डारण गर्न सूरु गरेका छन् । निगमले पेट्रोलियम पदार्थ तथा ग्याँसको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न, मासिक एक सिलिन्डर खपत हुने अवस्थामा…