काठमाडौं । कैलालीको धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुवाहक बस बैतडीमा दुर्घटनाग्रस्त भएको छ । सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस बैतडीको पाटन नगरपालिका–८ गैराखानमा शुक्रबार अपराह्न दुर्घटनामा परेको हो । दुर्घटनामा कम्तीमा १६ जना घाइते भएका छन्। सबै घाइतेलाई उपचारका लागि नजिकका स्वास्थ्य संस्थातर्फ पठाउने तयारी भइरहेको छ भने उद्धार कार्य अझै जारी रहेको छ।…