बुटवल । संघीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा सम्बन्धी विधेयक-२०८० ले निजी विद्यालयलाई प्रत्यक्ष असर पार्ने देखिएकाले बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले गम्भीर चासो व्यक्त गरेको छ । संघका अध्यक्ष हरिप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा निजी विद्यालयलाई शिक्षाको राष्ट्रिय विकाससँग अपरिहार्य रूपमा जोडिएको क्षेत्र भन्दै सो विधेयकका कतिपय प्रावधानप्रति आपत्ति प्रकट गरिएको छ । विज्ञप्तिमा भनिएको…