९ जेष्ठ २०८१, बुधबार | May 22, 2024

गोरखाका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

गोरखा । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट गोरखामा एक पुरुषको मृत्यु भएको छ । पालुङटार नगरपालिका ७ निवासी ४४ वर्षीय पुरुषको आज बिहान ५ः०५ बजे निधन भएको गोरखा अस्पतालका डा. मविन थापाले जानकारी दिनुभयो । उनी हिजो राति ९ः५५ बजे अस्पताल भर्ना भएका थिए । उनी डायविटिज रोगी रहेको समेत अस्पतालले जनाएको छ ।…