काठमाडौं । मनसुनी वायुको प्रभावले आज पनि देशका केही भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ । जसले गर्दा अहिले प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहेको छ…