सिड्नी । अस्ट्रेलियाका वन्यजन्तु अन्वेषकहरूले बुधवार तास्मानिया राज्यको एक दुर्गम समुद्र तटमा एक दर्जन भन्दा बढी ह्वेलहरू सामूहिक रूपमा फसेको कारण मरेको जनाएको छ । यस हप्ताको सुरुमा तस्मानियाको उत्तरी तटमा रहेको किङ आइल्याण्डमा १४ वटा ह्वेल फेला परेका थिए । राज्यको संरक्षण निकायका जीव वैज्ञानिक र पशु चिकित्सकले अनुसन्धान गर्न सानो टापुमा यात्रा गरेका…