२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

२२ औं तिलोत्तमा गोल्डकपको फाइनलमा मनाङ मर्स्याङदी र सूदुरपश्चिम-११ भिड्ने पक्का



बुटवल । बुटवलमा जारी २२ औं सस्करणको तिलोत्तमा गोल्डकपको फाईनलमा मनाङ मर्स्याङदी र सूदुरपश्चिम-११ भिड्ने भएका छन ।

बिहिबार भएको दोस्रो सेमिफाईनल खेलमा मनाङ मर्स्याङदीले ट्राइब्रेकरमा ४-३ गोलअन्तरले फ्रेण्ड्स क्लबलाई लाई पराजित गरेपछि मनाङ मर्स्याङदी र सूदुरपश्चिम-११ भिडने भएका हुन ।

निर्धारित ९० मिनेटको खेलमा २-२ गोलको बराबरीमा खेल टुंगिएपछी खेल ट्राइब्रेकरमा पुगेको थियो ।

यो संगै १५ औं सस्करणको विजेता समेत रहेको फ्रेन्ड्स क्लब सेमिफाइनलबाट नै बाहिरिएको हो । ट्राइब्रेकरमा फ्रेण्ड्स क्लबका रुपेश केसी र डोना थापाले गोल गर्न चुक्दा क्लब प्रतियोगिताबाट बाहिरिएको हो ।

मनाङ मर्स्याङदीबाट जियनाथ सेख, अजित गुरुङ, विसन गुरुङ र आशिष गुरुङले गोल गरेका थिए भने फ्रेण्ड्स क्लबबाट अमित तामाङ, विदेशी खेलाडी टोरिक जिब्रन र उत्तम राईले गोल गरेका थिए ।

निर्धारित समयमा फ्रेण्डस क्लबका तर्फबाट विदेशी खेलाडी रफिक अमेनुले खेलको ७ मिनेटमा नै पहिलो गोल गरेका थिए । यस्तै खेलको २६ मिनेटमा फ्रेण्डसका उत्तम राईले दोस्रो गोल गरेका थिए । पहिलो हापको ईजुरी समयमा मनाङ मर्स्याङदीका क्याप्टेन आशिष गुरुङले एक गोल गर्दै खेललाइ २-१ को अवस्थामा पुर्‍याएका थिए ।

दोस्रो हाफको २ मिनेटमा नै मनाङ मर्स्याङदीका प्रशन्न श्रेष्ठले गोल गर्दै खेललाइ २-२ को अवस्थामा पुर्‍याएका थिए ।

मनाङ मर्स्याङदी क्लबले नेपाल पुलिस क्लबलाइ २-१ गोलअन्तरले पराजित गर्दै मर्स्याङदी क्लब अन्तिम चारमा स्थान बनाएको थियो ।

क्वाटरफाईनलको खेलमा मनाङ मर्स्याङ्दीका लागि प्रशन्न श्रेष्ठ र चेतन कुमार थारुले एक एक गोल गरेका थिए नेपाल पुलिस क्लबका बुद्धबल तामाङले एक गोल फर्काएका थिए


खेलमा मनाङ मर्स्याङदीका क्याप्टेन आशिष गुरुङ म्यान अफ द म्याच भई ११ हजार १ सय ११ रकम सहित यति हेल्मेट र करेन्ट चाउचाउ प्राप्त गरे ।

यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा खेलमा सूदुरपश्चिम ११ ले थ्री स्टार क्लवलाई १-० गोलअन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको थियो ।

फाईनल खेल चैत ११ गते शनिबार हुनेछ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र रूपन्देही फुटबल संघको आयोजनामा सञ्चालित प्रतियोगितामा दुई विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचलाई जनही ३० हजारका दरले नगद पुरस्कार प्रदान गरिने आयोजक रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए। त्यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ७ : २१ बजे

प्रहरी हवल्दारमाथि धारिलो हतियार प्रहार

नेपालगन्ज । विद्यालयको जग्गा अतिक्रमण हटाउन गएको टोलिका एक प्रहरी

प्रधानमन्त्रीको सीमासम्बन्धी धारणा ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले यही जेठ

करको दर हेरफेर ‘राजद्रोह सरह’ हो : निश्कल राई

काठमाडौँ । नेपाली कांग्रेसका सांसद निश्कल राईले आर्थिक विधेयकमा करका

रोल्पामा मिनी ट्रक दुर्घटना, एकको घटनास्थलमै मृत्यु

दाङ । रोल्पामा आज बिहान मिनी ट्रक दुर्घटना हुँदा एक

निर्धक्क भएर सम्पत्तिको स्रोत देखाउनुस् : छानबिन आयोग अध्यक्ष भण्डारी

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने दायरामा रहेका