सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिका-८ लाँगर्चे इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइटमा ठूलो पहिरो गएको छ । गए राति ९ बजे गएको पहिरामा मेगा बैंकमा कार्यरत कर्मचारीको एक मोटरसाइकल पुरिएको छ भने मानवीय क्षति भने नभएको स्थानीयवासी राजन भुजेलले जानकारी दिए। अहिले पनि पहिरो निरन्तर खसिरहेकाले जोखिम रहेको जलविद्युत् आयोजनाका प्रमुख मानोलक श्रेष्ठले जानकारी दिए ।…