१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

तमु ल्होसारमा सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं । सरकारले तमु ल्होसारको अवसरमा  सार्वजनिक बिदा दिएको छ । वुधबार बसेको मन्त्रिपरिषद बैठकले भोलि पुस १५ गते तमु ल्होसारका अवसरमा देशभरका सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । २०७७ सालमा प्रकाशित राजपत्रमा तमु ल्होसार सार्वजनिक विदा नभए पनि सरकारले बिदा दिएको हो ।