काठमाडौं । सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम असोज मसान्तसम्म लागू हुने गरी दुबै जिल्लालाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम सिन्धुपाल्चोक तथा मनाङ…