बुटवल । बुटवलमा सम्पन्न चौथो लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा दुई विधाको उपाधि आयोजक बुटवल ब्याडमिन्टन क्लबले जितेको छ । एक विधाको उपाधि भने लाफा समूहले हात पारेको छ । प्रतियोगिताको मेन्स डबलतर्फ बुटवल ब्याडमिन्टन क्लबका विवेक न्यौपाने र डेभिड थापा विजेता बने । ५५ वर्षमाथिको भेट्रान्स डबलतर्फ पनि बुटवल क्लबकै गोपाल टण्डन र…