काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनलाई उपचारका लागि थाइल्याण्डको बैंकक लग्ने तयारी गरिएको छ । केहीदिनदेखि ललितपुरको सुमेरु अस्पतालमा उपचारत पुनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि थाइल्याण्ड लाने तयारी गरिएको हो । पुनलाई यसअघि पनि देखिएको जण्डिस रोग बल्झिएको छ । पुनलाई बुधबार बिहान बैंकक लैजाने तयारी भैरहेको उनको पारिवारिक स्रोतले जनाएको छ ।…