७ आश्विन २०८३, बुधबार | September 23, 2026

एमाले ‘हाइटेक’ महाधिवेशन जाने बाटोमा खाल्डाखुल्डी



काठमाडौं । नेकपा एमालेको ‘हाइटेक’ प्रविधिमा हुन थालेको विधान महाधिवेशन स्थल पुग्न सहभागीलाई हम्मेहम्मे हुने भएको छ ।

काठमाडौंदेखि २० मिनेटमा पुगिने महाधिवेशन स्थल खरावबाटोका कारण एक घण्टा लाग्ने भएको छ । एमालेले महाधिवेशनका लागि महाधिवेशन स्थल सनराइज सम्मेलन केन्द्र पुग्ने बाटो मर्मत गरे पनि खराब नै रहेको छ ।

ग्रावेल बाटो भए पनि ठाउँ-ठाउँमा बिग्रेकोले प्रतिनिधिलाई सभास्थल पुग्न समस्या हुने एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले बताए । सातदोबाटो भन्दामाथि पुगेपछि बाटो भरि खाल्डाखुल्डी रहेका छन् । सातदोबाटोबाट सभास्थल जाने बाटो ठाउँ-ठाउँमा बिग्रिएको छ ।

आफ्नै मोटर गाडीमा जानका लागि केही सहज भए पनि मोटरसाइकल वा स्कुटीमा जानका लागि भने समस्या हुनेछ । निर्माणकै चरणमा रहेको ग्रावेल बाटोका कारण प्रतिनिधिले सास्ती भोग्नुपर्ने हुन्छ । ‘बाटो देखेर त धेरै प्रतिनिधिले हामीलाई गाली गर्ने छन्,’ केन्द्रीय सदस्य भट्टराईले भने, ‘तर सभास्थल पुगेपछि भने अर्कै रौनक आउने छ ।’ उनले पहिलेभन्दा अहिले बाटो बनाइएको बताए ।

उनले महाधिवेशनमा पाँच हजार प्रतिनिधि सहभागी हुने भएपछि गोदावरीको सनराइज सम्मेलन केन्द्र रोजिएको बताए । ‘धेरै प्रतिनिधि भएर मात्र हामीले गोदावरीको सम्मेलन केन्द्र रोजेका हौं,’ उनले भने, ‘होइन भने त्यही भृकुटीमण्डप पनि टेन्ट गाडेर महाधिवेशन गर्न सक्ने थियौं ।’

सम्मेलनको सभामा दुई हजार ८४० जना अटाउने कुर्सी र सानासाना अन्य दुई कोठामा करिब एक हजारका दरले दुई हजार गरी पाँच हजार प्रतिनिधि अटाउन सक्दछन् ।

करिब ७७ करोड रुपैयाँमा बनेको सम्मेलन केन्द्रमा पहिलो पटक एमालेको विधान महाधिवेशन हुँदैछ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ८ : ५६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११