१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

‘बजारमा चिनीको अभाव छैन, तीन महिनालाई पुग्ने मौज्दात छ’



काठमाडौं । सरकारले बजारमा चिनीको अभाव नरहेको स्पष्ट पारेको छ । दशैंतिहार नजिकिँदै जाँदा बजारमा चिनीको अभाव भएको हल्ला चलेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन महिनालाई पुग्नेगरी मौज्दात रहेको स्पष्ट पारेको हो ।

बजार अनुगमन र सरोकारवालाको भूमिका विषयक अन्तर्क्रियामा उपभोक्ता अधिकार अनुसन्धान मञ्च अध्यक्ष माधव तिमिल्सिनाले चिनीजस्ता अतिआवश्यक खाद्य वस्तुको मूल्य बढ्यो भनेर हल्ला चलेको भन्दै प्रश्न उठाएपछि उद्योग मन्त्रालयका सचिव दिनेश भट्टराईले ३० हजार टन मौज्दात रहेको जवाफ दिए ।

‘चिनीको अभाव छैन। आधार, तथ्य र तथ्यांकले भन्छ । दशैंसम्म पुग्छ । तीन महिनालाई पुग्ने मौज्दात छ,’ उनले भने, ‘सरकार प्रतिबद्ध छ कुनै पनि वस्तु अभाव नहोस् । सहरमात्र होइन दुर्गममा पनि अभाव हुँदैन ।’

भन्सार विभागकाअनुसार यसपालि २ लाख १२ हजार टन चिनी आयात भएको तथ्यांक रहेको सचिव भट्टराईले बताए । नेपाल आफैं १ लाख ७० हजार टन उत्पादन गर्न सक्षम देखिएको उनको भनाइ थियो । उनका अनुसार नेपालमा वार्षिक २ लाख ५० हजार मेट्रिक टन माग छ ।

सरकारसँग वितरण हुने नुन र पेट्रोलियम पर्दाथबाहेक सबै बजारमा उलब्ध हुने र बजारले उपलब्ध गराउने उनको भनाइ थियो । ‘चाडपर्वमा कुनै ठाउँमा अभाव भए तुरून्तै आपूर्ति गरेर समाधान गर्छौं । बजारलाई स्वस्थ र बजारजस्तो बनाउँछौं,’ उनले भने ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ९ : १० बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग