नेपालगन्ज । बाँकेमा जारी निषेधाज्ञा आदेशलाई थप एक हप्ताका लागि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेले सोमबार सूचना जारी गर्दै निषेधाज्ञालाई बढाएर जेष्ठ ३ गते राति १२ बजेसम्म बढाएको हो । बैशाख १३ गतेबाट बाँकेका लागु गरिएको निषेधाज्ञाको अवधि सकिएपछि पुनः जिल्ला प्रशासन कार्यालय बाँकेले एक साताका लागि निषेधाज्ञाको अवधी थप गरेको हो ।…