७ आश्विन २०८३, बुधबार | September 23, 2026

एमाले स्थायी कमिटी बैठक : विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रस्तावहरुमाथि छलफल प्रारम्भ



काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटीको बैठक सकिएको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रस्तावहरुमाथि छलफल प्रारम्भ भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

एमालेको विधान महाधिवेशन यही असोज १५ देखि १७ सम्मका लागि तय गरिएको छ । त्यसमा तीन वटा प्रस्ताव पेस हुने भट्टराईले बताए । ‘विधान संशोधनसम्बन्धी, राजनीतिक प्रतिवेदनसम्बन्धी प्रस्ताव र संगठनात्मक प्रस्तावमाथि छलफल सुरु भएको छ’ उनले भने ।

स्थायी कमिटीमा सुरु भएको प्रस्तावहरुमाथिको छलफलमा आज अमृत बोहरा, केशव बडाल, पुष्प कडेल, घनश्याम भुसाल र युवराज ज्ञवालीले आफ्नो विचार प्रस्तुत गरेका थिए ।

बैठक भोलि पनि बस्नेछ । बाँकी स्थायी कमिटी सदस्यले आफ्नो सुझाव राखेर यो प्रतिवेदनलाई आवश्यक सुझावको आधारमा परिमार्जन गरेर ८ र ९ गते आयोजना हुने केन्द्रीय कमिटीको बैठकमा पेस हुने भट्टराईले जानकारी दिए । उनले भने, ‘केन्द्रीय कमिटीमा आएका सुझावहरुलाई समेत समावेश गरीकन असोज १५, १६ र १७ गतेको राष्ट्रिय विधान महाधिवेशनमा दस्तावेजहरु प्रस्तुत हुने छन् ।’

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ७ : २० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई