काठमाडौं । नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई ‘राष्ट्रलाई आवश्यक परेको बखत सेवामा फर्काउने’ भन्दै तयार रहन निर्देशन दिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बुधबार बसेको विशेष बैठकले २०७२ सालपछाडि स्वास्थ्य सेवाबाट अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई आवश्यक परेका बेला बोलाउन सकिने निर्णय गरेको हो । पछिल्लो समय कोरोना संक्रमित संख्या अत्यधिक वृद्धि हुन थालेपछि सेनाको…