काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ पुस्तक छानिएको छ । शुक्रबार मदन पुरस्कार गुठीले ९ पुस्तकको सूची सार्वजनिक गरेको हो । सूचीमा गिरी श्रीस मगरको एकलब्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प ग्रन्थ, वैरवबहादुर थापाको नृत्याक्षर विज्ञान रहेका छन् । त्यस्तै, फिलिङ्गो, फुलाङ्गो, मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह…