१२ श्रावण २०८१, शनिबार | July 27, 2024

धनुषामा सरकारी स्कोर्पियो दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच जना घाइते



धनुषा । धनुषामाआज बिहानै सरकारी सवारी साधन (स्कोर्पियो) दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

बिहान ५ बजेतिर ढल्केबर-जनकपुर राजमार्गको लक्ष्मीनियाँ गाउँपालिकास्थित सपही सडकखण्डमा सरकारी नम्बर प्लेट ज २००२०००१ ख ००३५ नम्बरको स्कोर्पिओ पिकअप अनियन्त्रित भएर पुल निर्माणका लागि खनिएको खाल्डोमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ढल्केवर-जनकपुर राजमार्गको सपही सडकखण्डमा भएको सवारी दुर्घटनामा परी सवारी चालक महोत्तरीको भंगहा नगरपालिका-९ बस्ने दीपक यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते यादवकोे उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो । घाइतेहरुको प्रादेशिक अस्पतालमा नै उपचार भइरहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ९ : ०५ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान