१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

धनुषामा सरकारी स्कोर्पियो दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच जना घाइते



धनुषा । धनुषामाआज बिहानै सरकारी सवारी साधन (स्कोर्पियो) दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

बिहान ५ बजेतिर ढल्केबर-जनकपुर राजमार्गको लक्ष्मीनियाँ गाउँपालिकास्थित सपही सडकखण्डमा सरकारी नम्बर प्लेट ज २००२०००१ ख ००३५ नम्बरको स्कोर्पिओ पिकअप अनियन्त्रित भएर पुल निर्माणका लागि खनिएको खाल्डोमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ढल्केवर-जनकपुर राजमार्गको सपही सडकखण्डमा भएको सवारी दुर्घटनामा परी सवारी चालक महोत्तरीको भंगहा नगरपालिका-९ बस्ने दीपक यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते यादवकोे उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो । घाइतेहरुको प्रादेशिक अस्पतालमा नै उपचार भइरहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ९ : ०५ बजे

सिद्धबाबा मन्दिरमा श्रावणी मेला सुरु, साउनभर जलार्पणका धार्मिक कार्यक्रम

बुटवल । पाल्पाको प्रसिद्ध सिद्धबाबा मन्दिरमा साउन महिनालाई लक्षित गर्दै

प्रतिनिधिसभाको बैठक आज, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश हुँदै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

सरकार-चिकित्सक सहमतिपछि आजदेखि अस्पतालका सबै सेवा नियमित

काठमाडौं । सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएपछि

नेदरल्यान्डससँग नेपाल पराजित

काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बुधबार सम्पन्न

मनसुनी वायुको प्रभावः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।