बर्दिया । वन्यजन्तु आवतजावतगर्दा तिव्रगतीका गाडीले ठक्कर दिन सक्ने भन्दै खाता जैविकमार्गको हुलाकी सडकमा बनाईएको ब्रेकर हटाईएको छ । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार मधुवन नगरपालिका, सुरक्षाकर्मी लगाएतको टोलीले बे्रकर हटाएको हो । खाता जैविकमार्गमा बाघको आतंक बढ्दै गएको र ब्रेकरका कारण कमगतिमा सवारी साधन चलाउँदा बाघले आक्रमण गर्न सक्ने भएकोले ब्रेकर हटाईएको हो ।…