बुटवल । लुम्बिनी प्रदेशसभामा विपक्षी गठबन्धनका नेताहरुले प्रदेशसभाबाट बजेट अस्वीकृत भएको दाबी गरेका छन् । प्रदेशसभा भवनमा बिहीबार साँझ विपक्षी गठबन्धनले पत्रकार सम्मेलन गर्दै उनीहरुले सत्तापक्ष नै बैठक छाडेर गएका कारण बजेट स्वत: अस्वीकृत भएको दाबी गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै प्रदेशसभामा प्रमुख विपक्ष दलका नेता विरेन्द्र कनोडियाले प्रदेशसभामा बजेट फेल हुने अवस्था देखेपछि…