कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ८५० मिलीग्राम लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका-४ सुर्खेतका २५ वर्षीय युवा सरोज पन्तलाई प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयअन्तर्गत लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरी टोलीले पन्तलाई शङ्कास्पद तरिकाले वीरेन्द्रनगर नगरपालिका-१० बुलबुले द्वार नजिकै गएराति हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिइएको…