७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

काठमाडौं उपत्यकामा जेठ मसान्तसम्म निषेधाज्ञा थप्ने तयारी, प्रजिअहरुको बैठक बस्दै



काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ महिनाभर लम्बिने भएको छ । किराना तथा खाद्य पसलसहित डिपार्टमेन्टल स्टोर सञ्चालनमा गत साता लगाइएको रोक खुला गर्दै निषेधाज्ञा जेठभर थप्ने तयारी भएको हो ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकमा तीनै जिल्लामा निषेधाज्ञा पुनः केही समय थप विषयमा छलफल भएको र बुधबार निर्णय हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन् ।

यद्यपि, निषेधाज्ञाबारे सम्पूर्ण निर्णय भने आज (बुधबार) बस्ने सीडीओहरुको संयुक्त बैठकले गर्ने उनको भनाइ छ । उनका अनुसार खाद्यान्न, किराना पसल, ग्रोसरी तथा डिपार्टमेन्टल स्टोर्सलाई बिहान नौ बजेसम्म सञ्चालन गर्न दिइनेछ ।

विकास निर्माणका काम आवासीय रुपमा स्वास्थ्य मापदण्ड अपनाएर गर्न दिइने बताउँदै उनले निर्माणका सामान ढुवानीलाई निश्चित समय तोकेर बेलुकातिरको समय दिइने बताए ।

यसअघि यही १४ गते थपिएको आदेशमा भने यी सबै गतिविधिमा रोक लगाइएको थियो । निषेधाज्ञा अवधिभर अन्य प्रावधान भने यथावत रहने सीडीओ पराजुलीले बताए । जसअनुसार अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाइएको छ ।

उपत्यकामा वैशाख १६ गतेदेखि लागू हुने गरी आदेश जारी गरिएको थियो । एक महिना बित्दा पनि कोरोना संक्रमण आशातित रुपमा घट्न सकेको छैन ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ८ : १८ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा