बारा । बारामा गाँजा तस्करको समूह र प्रहरीबीच गोली हानाहान भएको छ । शनिबार राति निजगढ नगरपालिका-१३ स्थित भक्तलाल खोलाको बगरमा इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको संयुक्त प्रहरी र तस्करहरुको समूहबीच गोली हानाहान भएको हो । सो क्रममा प्रहरीले एक जनालाई बन्दुकसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौडा…