भोजपुर । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको आमचोक गाउँपालिका-९ दुम्मानामा प्रहरी पोष्ट स्थापना गरिएको छ । सो क्षेत्रको शान्तिसुरक्षालाई ध्यानमा राख्दै पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख कृष्ण चन्दले जानकारी दिए । पोष्टमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा सात जना जनशक्ति रहने प्रमुख चन्दले बताए। पोष्टको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले शनिबार उद्घाटन गरे ।…