८ बैशाख २०८१, शनिबार | April 20, 2024

रुपन्देहीमा ६०८ स्वाव परीक्षण गर्दा ३९४ जनामा कोरोना संक्रमण, घट्यो नमुना परीक्षणको दर



बुटवल । रुपन्देहीमा पीसीआर परीक्षणको दर घटेपछि संक्रमित थपिने दर पनि घटेको देखिएको छ । अघिल्लो हप्ता सम्म प्रत्येक २४ घण्टामा १ हजार माथिको संख्यामा नमुना परीक्षण हुने गरेकोमा त्यो संख्या बिगत २ दिन देखि घटेको छ । जिल्लाका ४ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६०८ वटा मात्र नमुना परीक्षण भएको छ ।

स्वास्थ्य कार्यालय रुपन्द्येहीले आज सार्वजानिक गरेको रिपोर्टमा ६०८ नमुना परीक्षण गर्दा ३९४ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेको छ भने १३२५ एन्टिजेन परीक्षण गर्दा ३९४ जनामा संक्रमण पुष्टि भएको उल्लेख गरेको छ । स्वास्थ्य कार्यालयको तथ्यांकका आधारमा नमुना कम परीक्षण भएका कारण मात्र संक्रमितको संख्या घटेको र नमुना संकलनका आधारमा संक्रमणको दर नघटेको स्पष्ट गर्दछ । सर्वसाधारणहरु सम्पर्कका आधारमा पीसीआर परीक्षण गर्न नआएका कारण नमुना संकलनको दर घटेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरी बताउँछन् । आम नागरिकमा लक्षण देखिएपछि मात्र वा अस्पताल जानुपर्ने अवस्था आएपछि मात्र पीसीआर परीक्षण गर्ने मानसिकता आएकाले नमुना संकलनमा कमी आएको डा. गिरीले बताए ।

आज बुटवल उपमहानगरमा १६६ जना, तिलोत्तमामा ८६ जना, सिद्धार्थनगरमा ४१, सैनामैनामा ३२, देवदहमा २१ जना तथा कञ्जनमा १२ जनामा संक्रमण पुष्टि भएको छ । अन्य पालिकाहरुमा १० जना भन्दा कम संक्रमित थपिएका छन् ।

जिल्लामा २४ घण्टाकै अवधीमा ६ जनाको मृत्यु भएको छ भने सोही अवधीमा ५७५ जना संक्रमण मुक्त भएका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ७ : ०७ बजे

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका