७ आश्विन २०८३, बुधबार | September 23, 2026

रुपन्देहीमा ६०८ स्वाव परीक्षण गर्दा ३९४ जनामा कोरोना संक्रमण, घट्यो नमुना परीक्षणको दर



बुटवल । रुपन्देहीमा पीसीआर परीक्षणको दर घटेपछि संक्रमित थपिने दर पनि घटेको देखिएको छ । अघिल्लो हप्ता सम्म प्रत्येक २४ घण्टामा १ हजार माथिको संख्यामा नमुना परीक्षण हुने गरेकोमा त्यो संख्या बिगत २ दिन देखि घटेको छ । जिल्लाका ४ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६०८ वटा मात्र नमुना परीक्षण भएको छ ।

स्वास्थ्य कार्यालय रुपन्द्येहीले आज सार्वजानिक गरेको रिपोर्टमा ६०८ नमुना परीक्षण गर्दा ३९४ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेको छ भने १३२५ एन्टिजेन परीक्षण गर्दा ३९४ जनामा संक्रमण पुष्टि भएको उल्लेख गरेको छ । स्वास्थ्य कार्यालयको तथ्यांकका आधारमा नमुना कम परीक्षण भएका कारण मात्र संक्रमितको संख्या घटेको र नमुना संकलनका आधारमा संक्रमणको दर नघटेको स्पष्ट गर्दछ । सर्वसाधारणहरु सम्पर्कका आधारमा पीसीआर परीक्षण गर्न नआएका कारण नमुना संकलनको दर घटेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरी बताउँछन् । आम नागरिकमा लक्षण देखिएपछि मात्र वा अस्पताल जानुपर्ने अवस्था आएपछि मात्र पीसीआर परीक्षण गर्ने मानसिकता आएकाले नमुना संकलनमा कमी आएको डा. गिरीले बताए ।

आज बुटवल उपमहानगरमा १६६ जना, तिलोत्तमामा ८६ जना, सिद्धार्थनगरमा ४१, सैनामैनामा ३२, देवदहमा २१ जना तथा कञ्जनमा १२ जनामा संक्रमण पुष्टि भएको छ । अन्य पालिकाहरुमा १० जना भन्दा कम संक्रमित थपिएका छन् ।

जिल्लामा २४ घण्टाकै अवधीमा ६ जनाको मृत्यु भएको छ भने सोही अवधीमा ५७५ जना संक्रमण मुक्त भएका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ७ : ०७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई