१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

‘त्यो पर्दैन’ का विरुद्ध जसपा उपेन्द्र समूह



काठमाडौं । जनता समावादी पार्टी (जसपा) को उपेन्द्र समूहले प्रधानमन्त्री केपी ओलीले सपथ ग्रहणका बेला देखाएको कार्यको विरोध जनाएको छ । जसपाले सपथका बेला राष्ट्रपतिले उच्चारण गरेको महत्वपूर्ण वाक्यमा ‘त्यो पर्दैन’ भनेर अवज्ञा गरेको भन्दै प्रधानमन्त्री ओलीलाई पुनः सपथ गराउन माग गरेको छ । जसपा उपेन्द्र समूहले प्रधानमन्त्री ओलीले वैशाख ३१ गते लिएको शपथ बदर गरी पुनः शपथ ग्रहण गराउन माग गरेको हो ।

प्रधानमन्त्री ओलीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा दुइटा महत्वपूर्ण अंश भन्न छुटाएका थिए। ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति विद्या भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश छुटाएर ‘त्यो पर्दैन’ भनेर बाँकी सपथ लिएका थिए ।

संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले वैशाख ३१ गते राष्ट्रवपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गर्दा ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द उच्चारण गर्न मानेका थिएनन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले शपथग्रहण गर्ने क्रममा राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुर्‍याएको भन्दै पुनः शपथग्रहण गराउन माग गरेको हो ।

‘२०७८ वैशाख ३१ गते सम्माननीय प्रधानमन्त्रीको सपथग्रहणमा सम्माननीय राष्ट्रपतिद्वारा वाचन भएको सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु भन्ने वाक्यांशमा प्रतिज्ञा गर्दछु नभनी सत्यनिष्ठापूर्वक ‘त्यो पर्दैन’ भनेर ग्रहण गरेकाले यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुगेको हुँदा उक्त शपथग्रहण बदर गरी पुनः शपथग्रहण गर्न गराउन हाम्रो पार्टी माग गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

सपथका विरुद्ध सर्वोच्च अदालतमा समेत पुनः सपथ गराउन माग गर्दै रिट निबेदन समेत परेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ९ : ४९ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका