काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा श्रमिकको न्युनतम पारिश्रमिक १५ हजार रुपैयाँ पुर्याइने घोषणा गरेका छन्। १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस ( मई दिवस)को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले श्रमिकको न्युनतम पारिश्रमिक १५ हजार पुर्याइने घोषणा गरेका हुन्। नेपालमा हान सरकारले तोकेको श्रमिकको न्युनतम पारिश्रमिक १३ हजार चार सय ४० रहेको छ ।…