१५ बैशाख २०८१, शनिबार | April 27, 2024

कोरोना संक्रमणबाट विहारका मुख्यसचिव अरुणकुमार सिंहको मृत्यु



एजेन्सी । कोरोना संक्रमणका कारण भारतको विहार राज्यका मुख्यसचिव अरुणकुमार सिंहको मृत्यु भएको छ ।

संक्रमणपछि स्वास्थ्यमा देखिएको जटिलताका कारण शुक्रबार उनको पटनाको एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिंह भारतीय प्रशासनिक सेवा (आईएएस) का वरिष्ठ अधिकारी थिए । कोरोना भाइरस परीक्षणमा संक्रमण पुष्टि भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको विहारका मुख्यमन्त्री नीतिश कुमारले जानकारी दिएका छन ।

जनता दल युनाइटेडका नेता नीतिश कुमारले राज्यको विधानसभा चुनाव जितेको केही दिनपछि सिंह यसैवर्षको फेब्रुअरीमा विहारको मुख्य सचिव नियुक्त भएका थिए । सन् १९८५ मा अधिकृत पदमा नाम निकालेका सिंहलाई वरिष्ठ आईएएस अधिकारी दीपक कुमारको ठाउँमा सरुवा गरिएको थियो ।

विहारमा हालसम्म एक लाख ८८२ जना कोभिड-१९ को सक्रिय सङ्क्रमित रहेका छन । त्यस्तै यो राज्यमा अहिलेसम्म कोभिड-१९ सङ्क्रमणका कारण दुई हजार ४८० जनाको मृत्यु भइसकेको एनडिटिभीले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ६ : ५९ बजे

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।