काठमाडौं । नेपाल पत्रकार महासंघले संचारमाध्यमको नामै किटेर सर्वोच्च अदालतबाट जारी भएको विज्ञप्तिले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरेको ठहर गरेको छ । सिन्धुपाल्चोकको हेलम्बुमा बसेको महासंघको केन्द्रीय समितिको पूर्ण बैठकले समाचार प्रकाशित भएको विषयमा सर्वोच्च अदालतले निकालेको विज्ञप्तिले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको ठहर गरेको हो । महासंघले स्वतन्त्र प्रेसलाई धम्क्याउने काम जहाँबाट भएपनि बन्द गर्न आग्रह…