३० पुस २०८२, बुधबार | January 14, 2026

काभ्रेको भैँसेपाटीमा ‘मिनी फिल्मी सिटी’को प्रक्रिया शुरु

बनेपा । काभ्रेको बनेपा नगरपालिका–१० स्थित भैँसेपाटीमा अत्याधुनिक चलचित्र छायाङ्कनस्थल (स्टुडियो) को निर्माणार्थ प्रक्रिया थालिएको छ । यसका लागि वातारणीय प्रभाव मूल्याङ्कन (इआइए) र इआइए बोलपत्रको प्रक्रिया शुरु गरिएको चलचित्र विकास बोर्डले जनाएको छ । बनेपास्थित भैँसेपाटीमा अत्याधुनिक ‘इन्डोर सुटिङ स्टुडियो’ निर्माणको प्रक्रियागत काम शुरु भएको बोर्डका अध्यक्ष दयाराम दाहालले जानकारी दिए । “भैँसेपाटीमा सबैभन्दा…