कास्की । पर्यटकीय गन्तव्य फेवातालको मापदण्ड मिचेर ताल किनारमा बनाउन लागिएको संरचना आज पोखरा महानगरपालिकाले डोजर लगाएर भत्काएको छ । पोखरा महानगरपालिका-१८ खपौँदीस्थित ताल किनारमा मापदण्डभित्र अवैध रुपमा रातारात संरचना बनाउन लागेपछि सुरक्षाकर्मी तथा नगर प्रहरीको सहयोगमा डोजर लगाएर भत्काइएको वडाध्यक्ष रणबहादुर थापाले बताए । तालमा अवैध संरचना बन्दै गरेको बारेमा नागरिक समाजलगायत महानगरको ध्यानाकर्षण…