१५ बैशाख २०८१, शनिबार | April 27, 2024

बाँकेमा बैशाख ९ बाट ‘लकडाउन’ गर्न डीसीसीएमसीको सिफारिस



नेपालगन्ज । कोरोना कहरले दिनदिनै रेकर्ड ब्रेक गर्न थालेपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति अन्ततः ‘लकडाउन’ गर्ने निश्कर्षमा पुगेको छ । डीसीसीएमसीको आज बसेको बैठकले जिल्लामा कोरोना संक्रमणको महामारी रोकथामको निम्ती बैशाख ९ गतेबाट जिल्लामा ‘लकडाउन’ गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

बिगत एक हप्ताबाट हरेक दिन सयौंको संख्यामा कोरोना संक्रमित थपिंदै गएपछि डीसीसीएमसीले लकडाउनको सिफारिस गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेललाले जानकारी दिए । ‘सिफारिस आएको छ, के कस्तो अवस्थामा र कहिले सम्म भन्ने बिषयमा होमवर्क गर्दै छौ, ९ गतेबाट लक डाउन हुन्छ ।’ प्रजिअ गेलालले भने ।

कोरोना संक्रमणको दर र त्यसबाट मृत्युदर समेत उच्च भएपछि सरोकारवालाहरुले बाँकेमा लकडाउन आवश्यक रहेको बताउन थालेका थिए । एकै दिन ठूलो संख्यामा संक्रमित थपिने र त्यसमा पनि गम्भिर प्रकृतिको संक्रमितको संख्या उच्च भएपछि यतीबेला बाँकेका सबै कोरोना बिशेष वार्डहरु भरिभराउ भएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  २ : ४२ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग