१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

कोरोना सङ्क्रमणबाट गोरखाका एक पुरुषको मृत्यु



गोरखा । गोरखा नगरपालिका–१४ का एक पुरुषको कोरोना सङ्क्रणमबाट आज मृत्यु भएको छ ।

भारतबाट फर्किएका ५५ वर्षीय ती पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा कोरोना सङ्क्रमणबाट मृत्यु भएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए ।

“बिहान करीव ११ः३० बजे उपचारका क्रममा मृत्यु भएको पुष्टि परिवारले गरेको छ”, वडाध्यक्ष खड्काले भने, “मृतकको शव उतै व्यवस्थापनका लागि परिवारका सदस्य अस्पताल पुगेका छन् ।” वैशाख ४ गते स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि भरतपुर लगिएका ती पुरुषमा सोमबार मात्र कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।

भारतमा लामो समयसम्म रोजगारीका सिलसिलामा रहेका उनी केही समयअघि मात्र घर फर्किएका वडाध्यक्ष खड्काले बताए । कोरोना सङ्क्रमणबाट मृत्यु भए ती पुरुषको सम्र्पकमा आएकाको तत्काल कन्टयाक्ट ट्रेसिङ गरी स्वाब सङ्कलनको तयारी भइरहेको उनले जानकारी दिए ।

सङ्क्रमितको सम्र्पकमा रहेकार्लाइ सुरक्षित रहन आग्रह गरिएको र आवश्यकताअनुसार स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइने गोरखा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ४ : ०९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम