दाङ । गुणस्तरिय भौतिक पुर्बाधार निर्माण गर्न बबई गाउँपालिकामा रहेका डकर्मीलाई सात दिने तालिम दिन सुरु गरिएको छ । बबई गाउँपालिकाको पुर्बाधार बिकास शाखाको आयोजनामा तालिम सुरु भएको हो । परम्परागत रुपमा निर्माणका काममा संलग्न रहेका डकर्मीहरुलाई तालिम दिन सुरु गरेको ईञ्जीनियर राजेश देबकोटाले जानकारी दिए । तालिम मार्फत् घर तथा अन्य बिकास निर्माणका काममा…