११ चैत्र २०८२, बुधबार | March 25, 2026

नेता जोशीको निधनमा कांग्रेसद्वारा शोकप्रस्ताव पारित, ३ दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार दिउसो बसेको बैठकले नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री, काठमाडौं महानगरपालिकाका पूर्व उप–मेयर, संविधानसभा सदस्य, पूर्व मन्त्री एवं नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव…