१० पुस २०८२, बिहिबार | December 26, 2025

बर्दिबास बालिका हत्या प्रकरण : गोली लागेका घाइतेको उपचारको क्रममा मृत्यु

महोत्तरी। महोत्तरी बर्दिबासकी ६ वर्षीया बालिका हत्याको विरुद्धमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । बर्दिबासका सन्जय न्यौपानेको उपचारको क्रममा काठमाडौंको ग्राण्डी अस्पतालमा राति साढे १२ बजे मृत्यु भएको हो । तिघ्रामा गम्भीर चोट लागेका न्यौपानेलार्इ स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो…