काठमाडौं । प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले चितवन राष्ट्रिय निकुञ्जमा चार गैँडा मरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गत वर्ष निकुञ्जले चोरी शिकारी शून्य वर्ष मनाएको थियो । तर यस वर्ष भने अन्य उल्लेख्य सङ्ख्यामा एकसिङ्गे गैँडा मृत फेलापरेपछि समितिले मङ्सिरको तेस्रो हप्ता स्थलगत निरीक्षण र सरोकारवालासँग अन्तरक्रिया गर्ने भएको छ ।…