१८ पुस २०८२, शुक्रबार | January 2, 2026

दुई लाख नगद र सात लाखको चेकसहित कुलेश्वरबाट सात जुवाडे पक्राउ

काठमाडौं । नेपाल प्रहरीले दुई लाख ३८ हजार ८५० रुपैयाँ नगद र सात लाख ९४ हजार ८७० रुपैयाँ बराबरको विभिन्न बैंकको चेकसहित सात जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरमा ४४ वर्षीय शिव श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा सोमबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रेका ४४ वर्षीय…