६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

कालिगण्डकी करिडोरले फेरेको मुहार

बलेवा । दुई वर्ष पहिलासम्म बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर ८ छिस्ती सडक सञ्जालविहीन थियो । जिल्ला सदरमुकाम बागलुङ बजारबाट दक्षिण जोडिएको सडक कुश्मीशेरा बजार हुँदै बरेङतर्फ लाग्छ । जिल्लाको दक्षिण क्षेत्रको समेत दक्षिणमा पर्ने छिस्तीमा कुनै सडक सञ्जाल पुगेको थिएन । विकासका पूर्वाधारमा प्रमुख मानिने कच्ची सडकसमेत नभएकाले यहाँका सर्वसाधारण समस्यामा थिए ।…