९ पुस २०८२, बुधबार | December 25, 2025

पाकिस्तान सिनेटका अध्यक्ष मुहम्मद सादिक सन्जरानीलाई नेपाल भ्रमणको निम्ता

काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत डा मजहर जावेदले शिष्टाचार भेटवार्ता गरेका छन् । आफ्नो कार्यकाल सकिएर स्वदेश फर्कनुअघि अध्यक्ष तिमिल्सिनासँग भएको भेटमा दुईपक्षीय सम्बन्ध, सहकार्य र सहयोग बारे कुराकानी भएको थियो। भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले कार्यकाल सफलतापूर्वक सम्पन्‍न गरेकोमा राजदूत जावेदलाई बधाई व्यक्त गर्दै आगामी दिनमा थप सफलताको कामना गरे…