१७ श्रावण २०८३, आइतबार | August 3, 2026

विश्वभर पछिल्लो २४ घण्टामा ६ लाख ४६ हजारभन्दा बढी संक्रमित थपिए



काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टामा ६ लाख ४६ हजार ६९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा १५ हजार ४०९ जनाको मृत्यु भएको छ ।

पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या नौ करोड १९ लाख ७१ हजार ५२० र मृत्यु हुनेको संख्या १९ लाख ६८ हजार ३२५ पुगेको छ ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख १० हजार ८८१ जना रहेका छन् । सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण चार हजार ५८ जनाको मृत्यु भएको छ ।

भारतमा पछिल्लो २४ घण्टाभित्र १४ हजार ८९८ जना नयाँ संक्रमित थपिएका छन । त्यहाँ थप १७८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ४५ हजार ५३३, इटलीमा १४ हजार २४२, ब्राजिलमा ६१ हजार ८०४, जर्मनीमा १६ हजार ४१५, रसियामा २२ हजार ९३४, दक्षिण अफ्रिकामा १३ हजार १०५, फ्रान्समा १९ हजार ७५२, कोलम्बियामा १४ हजार १७९ तथा इरानमा ६ हजार ४०८ जना नयाँ संक्रमित थपिएका छन ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ६ : ५८ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले